काठमाडौं : मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा २४ अर्ब ५९ करोड ३३ लाख ७६ हजार आठ सय ३९ रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले जनाएको हो ।
सरकारले गएको आर्थिक वर्षको तुलनामा यस वर्ष एक दशमलव ६६ प्रतिशत कम बजेट खर्च गरेको हो ।
गएको आर्थिक वर्षमा चालुतर्फ १० अर्ब ७७ करोड ७६ लाख १२ हजार दुई सय ४० अर्थात् ५१ दशमलव ९४ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार छ सय ४४ मधेस सरकारले खर्च गरेको थियो ।



