२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओलीले गरे पद तथा गोपनियताको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

images

सत्कार खबर
  • २०८१ असार ३१, सोमबार
  • 1.2K
    SHARES
  • प्रधानमन्त्री ओलीले गरे पद तथा गोपनियताको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार


    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्गर्नु भएको छ । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको हो । 


    प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनु भएको हो । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

    सबै पूर्व(प्रधानमन्त्रीहरूलाई निमन्त्रणा गरिएको भएता पनि शपथ समारोहमा माधव नेपालको उपस्थिति देखिएको थिएन। बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउवा भने उपस्थित थिए।  आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाउनु भएको छ । 

    मन्त्रीहरुको कार्यविभाजन :


    १‍. केपी शर्मा ओली, प्रधानमन्त्री

    २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

    ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

    ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

    ५. रमेश लेखक, गृह

    ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

    ७. आरजु राणा देउवा, परराष्ट्र

    ८.नवलकिशोर साह सुडी, महिला बालबालिका

    ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

    १०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

    ११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

    १२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

    १३। प्रदीप यादव, खानेपानी

    १४. प्रदीप पौडेल, स्वास्थ्य

    १५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

    १६. बद्री प्रसाद पाण्डे, पर्यटन

    १७. रामनाथ अधिकारी, कृषि

    १८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

    १९. मानवीर राई, रक्षा

    २०। दीपक खड्का, जलस्रोत तथा ऊर्जा

    २१.राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

    २२.ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ