२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रिय वाणिज्य बैंकले ग-यो एकैपटक ६ स्थानमा शाखा विस्तार

images

सत्कार खबर
  • २०८१ असार ३१, सोमबार
  • 986
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकले ग-यो एकैपटक ६ स्थानमा शाखा विस्तार


    काठमाडौं :राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, वडा नः ४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका वडा नः ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरु गरेको हो ।

    कार्यालयहरु सञ्चालनमा आएपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ ।साथै बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न। १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ