२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बागलुङमा एक करोड बीस लाख राजस्व संकलन

images

सत्कार खबर
  • २०८१ असार ३१, सोमबार
  • 446
    SHARES
  • बागलुङमा एक करोड बीस लाख राजस्व संकलन

    काठमाडौं : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ ।

    आव २०७८–७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जिप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।


    जिल्ला ट्राफिक कार्यालयका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्रयाक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ