काठमाडौं :नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताउनु भएको छ । सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले अर्थमन्त्री हुने चर्चाबीच पछिल्ला दिन सेयर बजार बढिरहेको छ । यस्तोमा उहााले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर अघि बढ्ने बताउनु भएको हो ।
उहाँले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताउनु भयो। पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने दाबी गर्नु भएको छ । यसैबीच पौडेलले सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति नै बनाउने पहिलो निर्णय गरेका छन् ।
पौडेल यससहित ८ पटक मन्त्री भइसक्नु भएको छ । उहाँ पाँचौँ पटक अर्थ मन्त्री बन्नु भएको हो । उहाँ पहिलो पटक २०७२ कात्तिक, दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ र चौथो पटक २०७९ पुसमा अर्थमन्त्री हुनुभएको थियो ।



