काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले साउन १ गतेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । निगमले साउन १ गते मध्यरातदेखि लागू हुने गरि इन्धनको मूल्य बढाएको हो ।मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६८.५ र मट्टितेल तथा डिजल प्रतिलिटर १५७.५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० र डिजल तथा मट्टितेल १५९ रुपैयाँ पनेछ ।



