काठामाडौं :नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् ।
अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन् भने निर्जीवन बीमा कम्पनीहरू पनि सोही संख्यामा रहेको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिनुभयो ।
यस्तै पुनर्बीमा कम्पनीहरू २ वटा र लघुबीमा कम्पनीहरू ७ वटा रहेका छन् । अद्यावधिक भएका जीवन बीमा कम्पनीहरूका राष्ट्रिय बीमा कम्पनी ९राष्ट्रिय बीमा संस्थान०, नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०, एसियन लाइन, सूर्यज्योती रहेका छन् ।जसमध्ये राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो ।
यसैगरी जीवन बीमा कम्पनीहरुमै सूर्याज्योति लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नवीकरण भएका छन् ।
प्राधिकरणका अनुसार मेटलाइफ विदेशी विमकको शाखारएसाइन्ड क्यापिटलको रुपमा नेपालमा क्रियाशील छ ।



