२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार

images

सत्कार खबर
  • २०८१ साउन २, बुधबार
  • 606
    SHARES
  • सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार

    काठमाडौं : नेपाली बजारमा सुनको मुल्य लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ।  सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो। आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।  मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ