२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न सम्झौता हुने

images

सत्कार खबर
  • २०८१ साउन ३, बिहीबार
  • 651
    SHARES
  • बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न  सम्झौता हुने

     काठमाडौं: नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ।

    उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० बीच सम्झौता हुने मिति तय भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो ।

    नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने बिजुलीको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ । बिजुली बिक्री हुँदा देशलाई हरेक महिना ३३ करोड रुपैयाँ आम्दानी हुने विद्युत प्राधिकरणले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ