२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार

images

सत्कार खबर
  • २०८१ साउन ३, बिहीबार
  • 1.2K
    SHARES
  • सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार


     काठमाडौं :साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज –नेप्से  ५९.६८ अंकले बढेको छ । बजार बढ्दा कारोबारमा पनि उछाल आएको छ । आज बिहीबार एकै दिन साढे १५ अर्बको कारोबार भएको छ ।बिहीबार नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह एकै दिन ६.२८ प्रतिशतले बढेर १३६२.१६ विन्दुमा पुगेको छ ।

    बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज साढे १५ लाखको कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


    आज ३१२ वटा कम्पनीको शेयर १ लाख ८४ हजार ७१२ पटक किनबेच भएको छ ।आज ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर कारोबार हुँदा ५ वटा कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किकट लागेको छ । बिहीबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स बढ्दा जीवन बीमा समूह १४६।३१ अंकले बढेर ११ हजार ४७५।०३ विन्दुमा पुगेको छ ।

    त्यस्तै, लघुवित्त १३९.४० अंकले बढेर ५१५९.९५ विन्दुमा, निर्जीवन बीमा १२३.९२ अंकले बढेर ११ हजार ९२४.३७ विन्दुमा र उत्पादन समूह ८३.१९ अंकले बढेर ७१६९.१४ विन्दुमा पुगेको छ ।आज समूह अन्तरगतमा १३ वटा समूह मध्ये २ वटा समूहको शेयर मूल्य मात्र घटेको छ । फाइनान्स समूहको ३५।६९ अंकले घटेर २७६२.९० विन्दुमा र हाइड्रो समूह ०.२२ अंकले घटेर २९८५.२८ विन्दुमा पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ