२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, ग-यो बोलपत्र आह्वान

images

सत्कार खबर
  • २०८१ साउन ४, शुक्रबार
  • 1.2K
    SHARES
  • राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, ग-यो बोलपत्र आह्वान

     काठमाडौं :नेपाल राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो । 

    तथापि, राष्ट्र बैंकबाट गत अक्टोबर २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको हो । योग्य आवेदनकर्ताले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्ने बताइएको छ । 

     आवेदन आउँदो अगस्ट ८, २०२४ मा खुल्नेछ । योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंक मुद्रण विभागले जनाएको छ

    । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्नेछ । 

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ