२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बंगलादेशमा विद्यार्थीको हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

images

सत्कार खबर
  • २०८१ साउन ५, शनिबार
  • 926
    SHARES
  • बंगलादेशमा विद्यार्थीको हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं: बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

    शनिबार नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले त्यहाँको विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता देखाउँदै र हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो। बंगलादेशमा हिंसा भड्किएपछि हाल देशभर कर्फ्यु लगाइएको छ।  

    सन् १९७१ को स्वतन्त्रता संग्रामको स्वतन्त्रता सेनानी परिवारका सदस्यलाई सरकारी जागिरमा दिइँदै आएको आरक्षणविरुद्ध चर्किएको आन्दोलन हिंस्रक बन्दै गएपछि प्रदर्शनमा ३५ जनको मृत्यु भइसकेको बिबिसीले जनाएको छ।

    तर केही सञ्चारमाध्यमले विभिन्न शहरमा जारी झडपमा मृत्यु हुनेको संख्या १ सय ५ पुगेको जनाएका छन्,जसमध्ये राजधानी ढाकामा मात्रै ५२ जनाको मृत्यु भएको बताइएको छ ।

    घटनामा विद्यार्थी तथा सुरक्षाकर्मीसहित ४०० बढी घाइते भएका छन्। कर्फ्यूपछि पनि विद्यार्थीको प्रदर्शन र झडप नरोकिएकोजनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ