२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रिय निकुञ्ज प्रभावित बासिन्दालाई दुई करोडभन्दा बढीको राहत

images

सत्कार खबर
  • २०८१ साउन ६, आइतबार
  • 566
    SHARES
  • राष्ट्रिय निकुञ्ज प्रभावित बासिन्दालाई दुई करोडभन्दा बढीको राहत

    काठमाडौं:  चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई दुई करोड दुई लाख १७ हजार ७०२ रुपैयाँको राहत प्रदान गरिएको छ।


    निकुञ्जले ८१३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो।

    उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई रु एक करोड राहत रकम हस्तान्तरण गरिएको छ। यसैगरी गम्भीर घाइते भएका २४ जनाको परिवारलाई रु। ३२ लाख ४४ हजार १७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई रु दुई लाख ४५ हजार ४६८ हस्तान्तरण गरिएको छ।

    उहाँका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन्। उनीहरूमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सातजना, भालुको आक्रमणबाट पाँचजना, बँदेलको आक्रमणबाट एकजना र गौरीगाईको आक्रमणबाट एकजना घाइते भएका थिए।

    यसैगरी गैँडाको आक्रमणबाट पाँचजना, बाघको आक्रमणबाट तीनजना र मगर गोहीको आक्रमणबाट दुईजनाको मृत्यु भएको उहाँले बताउनु भयो । गत आवमा १८७ वटा पशुधनमा जनावरका कारण क्षति पुगेको छ। 

    त्यसका लागि रु २४ लाख ९१ हजार ७१० राहत रकम प्रदान गरिएको छ। भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र त्यसबापत रु। ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।

    वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको छ । घरगोठ क्षतिबापत रु। पाँच लाख ३५ हजार ९७५ राहत वितरण गरिएको छ। अन्नबालीमा ५२४ पटक क्षति भएको र रु ३६ लाख नौ हजार ३७५ राहत रकम हस्तान्तरण गरिएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ