२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन

images

  • २०८१ साउन ७, सोमबार
  • 466
    SHARES
  • मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन

    भद्रपुर : पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार  बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो २ वर्षमा आयात ३.४८ प्रतिशतलले कम हुँदा निर्यात भने १०.७१ प्रतिशतले बढेको छ । उहाँका अनुसार आव २०७९/८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र रु २२ अर्ब ४ करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

    गत आवमा पेट्रोलियम पदार्थ ४.५१ प्रतिशत, जुट ७.२५ प्रतिशत, जिप्सम ६.५७ प्रतिशत, तरकारी १७.८५ प्रतिशत, अलडिड रेजिन ५.६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । मेसिनरी उपकरण ६६.१० प्रतिशत, दाल १८.६ प्रतिशत, इलेक्ट्रिक उपकरण ३०.३४ प्रतिशत र  फलाम २२ प्रतिशतले आयात बढेको छ ।
     
    मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट १ हजार २ सय ५३.९७ प्रतिशतले बढ्दा प्लाइउड ५५.३८ प्रतिशत, छुर्पी २९.७९ प्रतिशत, अम्रिसो ३०.१२ प्रतिशत, अदुवा–सुठो २१.६८ प्रतिशतले निर्यात बढेको छ । अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ