२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

श्रावणको पहिलो सोमबार : झरीबिच पशुपतिनाथमा  भक्तजनको भिड

images

सत्कार खबर
  • २०८१ साउन ७, सोमबार
  • 731
    SHARES
  • श्रावणको पहिलो सोमबार :  झरीबिच पशुपतिनाथमा  भक्तजनको भिड

     काठमाडौं :साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ ।

    पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ।  धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ।

    sf.PNGdsa.PNG

    त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ।   यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् ।

    ff.PNGdf.PNG

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ