काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ।
आइतबार नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्राडा.खगेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
नेपाल लाइफले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० लगानी गर्ने सम्झौता भएको बताइएको छ। योसँगै नेपाल लाइफको ३५।३२ प्रतिशत स्वामित्व रहने छ।
यता, युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड लगानी नेपाल लाइफको रहनेछ। यो स्कुलमा कम्पनीको ४७.६२ प्रतिशत स्वामित्व हुने बताइएको छ।



