२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पर्साका सङ्घीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 701
    SHARES
  • पर्साका सङ्घीय कार्यालयको राजस्व दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब

    काठमाडौं : सङ्घीय सरकारमातहत रहेका  पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु १ अर्ब ८६ करोड ८६ लाख ९९ हजार २ सय १७ रकम पूँजीगत खर्च गरेका छन्। 

    कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पूँजीगत बजेटमध्ये ७३.५० प्रतिशत खर्च गरेका छन्।  गत आवको असारमा मात्र सङ्घीय सरकार मातहतका ५१ कार्यालयले रु ४२ करोड ९८ लाख ७१ हजार एक सय ७० पुँजी खर्च गरेको छ।

    पर्साका सरकारी कार्यालयको समग्रमा पूँजीगत खर्च सन्तोषजनक नै देखिन्छु, उनले भने। ती कार्यालयका लागि गत आवमा चालु खर्चतर्फ रु १० अर्ब ५९ करोड ४५ लाख ५० हजार ३ सय ६१ बजेट विनियोजन गरेको थियो।
     
    गत आवमा चालुतर्फ विनियोजित रकममध्ये ९५.४५ प्रतिशत अर्थात् रु १० अर्ब १२ करोड १६ लाख ६९ हजार ४ सय ८६ खर्च भएको छ।

    कार्यालयका अनुसार गत आवको असारमा मात्र यहाँका सरकारी कार्यालयले चालु खर्चतर्फ रु १ अर्ब ३० करोड ६ लाख २ हजार ७ सय ८ खर्च गरेका छन्।
     
    एकाउन्न सरकारी कार्यालयले गत आवमा पूँजीगत र चालुतर्फ दुवै गरेर रु ११ अर्ब ९९ करोड तीन लाख ६८ हजार सात सय तीन खर्च गरेका छन्। आव २०७९र८० मा पर्साका सरकारी कार्यालयका लागि रु  १४ अर्ब १५ करोड ३७ लाख ८ हजार ३ सय ८७ खर्च भएको थियो।

    जसमध्ये चालु खर्चतर्फ रु १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार १ सय ६८ खर्च भयो। आव २०७९/८० मा सरकारी कार्यालयले पूँजीगततर्फ रु ३ अर्ब ५६ करोड ८३ लाख ७४ हजार दुई सय १९ खर्च गरेका थिए।

     जिल्ला सरकारी कार्यालयले गत आव २०८०र८१ मा रु दुई खर्ब सात अर्ब १२ करोड ९३ लाख ९५ हजार छ सय २५ रकम राजस्व सङ्कलन गर्न सफल भएको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ