२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको व्यवस्था गरिएको छः गृहमन्त्री लेखक

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 586
    SHARES
  • विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको व्यवस्था गरिएको छः गृहमन्त्री लेखक

    काठमाडौं :गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो ।

    गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताउनु भयो । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताउनु भयो ।

    उहाँले विपद्मा परी १३० जनाको मृत्यु भएको र घाईते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिनुभयो । 

    गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराउनु भयो ।।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ