२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुर्घटनाग्रस्त सौर्य एयरको ३० करोडको बीमा प्रभु इन्स्योरेन्समा

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 1.3K
    SHARES
  • दुर्घटनाग्रस्त सौर्य एयरको ३० करोडको बीमा प्रभु इन्स्योरेन्समा

    काठमाडौं ;बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ ।

    सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा बिमा गरेको थियो ।

    जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्नेछ ।यो बिमानको पुनर्बिमा विदेशी कम्पनीमा गरिएको छ । 

    बुधबार सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । दुर्घटनामा १८ जनाको शव संकलन गरिएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ