२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सर्पोट लघुवित्तको खुद नाफा ७५ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

images

  • २०८१ साउन १०, बिहीबार
  • 991
    SHARES
  • सर्पोट लघुवित्तको खुद नाफा ७५ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

    काठमाडौँ : सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जाज गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्मको तुलनामा ७५.३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासम्म कम्पनीले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको हो । 

    आव ०८०÷८१ मा कम्पनीको सञ्चालन नाफा पनि १९४.३८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १ करोड १ लाख २० हजार रुपैयाँ सञ्चालन नाफा आर्जज गरेको यस कम्पनीले गत आवान २ करोड ९७ लाख ९१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको हो । 

    यस्तै, कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८ करोड ४५ लाख २२ हजार कुल सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० करोड ८७ लाख ४६ हजार रुपैयाँ यस्तो आम्दानी गरेको हो । 

    त्यसैगरी, यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दनी ७ करोड २ लाख २३ हजार रुपैयाँ रहेको थियो । 

    हाल कम्पनीको चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड ३३ लाख २३ हजार रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कर्जा सापटी १९.४१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ८० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप ३४ करोड ९१ लाख र कर्जा लगानी १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा घटेर १.६३ प्रतिशतमा झरेको छ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ