२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लगानी बोर्डले गर्‍यो २ खर्ब ७१ अर्बको लगानी स्वीकृत

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 936
    SHARES
  • लगानी बोर्डले गर्‍यो २ खर्ब ७१ अर्बको लगानी स्वीकृत

    काठमाडौं : लगानी बोर्डले आर्थिक वर्ष २०८०र८१ मा जलविद्युत, सोलार र सिमेन्ट सम्बन्धी विभिन्न नौवटा परियोजनाका लागि दुई खर्ब ७१ अर्ब २६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

    बोर्डले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजना लागि सात अर्ब ९३ करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो ।

    ६३ मेगावाटको छुजुंग खोला जलविद्युत परियोजनाका लागि ९ अर्ब ३० करोड र ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाका लागि ९ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको हो।

    त्यस्तै ४४.५२ मेगावाटको सानी भेरी जलविद्युत परियोजनाका लागि ९ अर्ब ४६ करोड, ९०० मेगावाटको माथिल्लो कर्णालीका लागि एक खर्ब ६२ अर्ब ४९ करोड र १६६ मेगावाटको सुपर तमोरका लागि ३४ अर्ब ५९ करोड लगानी स्वीकृत भएको छ।

    ४२ मेगावाटको अपर मोदी एका लागि १० अर्ब ८ करोड र २५० मेगावाटको कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा परियोजनाका लागि २१ अर्ब १० करोड स्वीकृत भएको छ।

    हुवासिन सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड लगानी स्वीकृत गरेको हो।बोर्डको समन्वयमा अरूण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रुु भई उक्त परियोजनाको

    उत्पादनतर्फ ७५ प्रतिशत बढी निर्माण सकिएको बोर्डको भनाइ छ। ट्रान्समिसन लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण भएको उल्लेख छ। 

    त्यसैगरी, तल्लो अरूण जलविद्युत परियोजनाका जग्गा प्राप्तिको काम सुरू गरिएको बोर्डले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ