२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने सुधार

images

  • २०८० कात्तिक १५, बुधबार
  • 1.6K
    SHARES
  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने सुधार

    कात्तिक १५, काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ५.८३ अंक घटेर १८४८.५६ को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।

    १३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। हिजो ५७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज ६८ स्टकको मूल्य बढेको छ भने १६२ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य यस दिन स्थिर रहेको छ। जसमध्ये आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा, १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।

    त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्सको शेयरको सर्वाधिक ७.९९ प्रतिशत घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ