२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल राष्ट्र बैंकले ग-यो मौद्रिक नीति सार्वजनिक

images

सत्कार खबर
  • २०८१ साउन ११, शुक्रबार
  • 1.0K
    SHARES
  • नेपाल राष्ट्र बैंकले ग-यो मौद्रिक नीति सार्वजनिक

    साउन ११,काठमाडौं :चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएको उल्लेख छ ।

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढाउने लक्ष्य । बैंकहरूले नाफा बढाइने र कर्जाको सीमा पनि बढाउने लक्ष्यसाथ मौद्रिक नीति आएको छ । मौद्रिक नीतिबारे शेयर लगानीकर्ताले  सकारात्मक प्रतिक्रिया दिएका छन् । 

    २० करोडको क्याप हटेको छ, बजारमा कर्जा प्रवाह बढाइने भनिएको, बैंकको नाफा बढ्ने  बताईएको  छ । शेयर लगानीकर्ताले माग गरेको जस्तो कुरा भने मौद्रिक नीतिमा समावेस नभएको भएपनि समग्रमा शेयर बजारलाई सकारात्मक गर्ने खालको नीति आएको छ ।

    अर्का लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी ढकालले पनि शेयर लगानीकर्ताका लागि मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका छन् । २० करोडको क्याप हटाउनुलाई मौद्रिक नीतिको राम्रो पक्षको रूपमा लगानीकर्ताले लिनुपर्ने ढकालको भनाइ छ ।

    इन्भेष्टर्स फोरमा पूर्वअध्यक्ष छोटेलाल रौनियारले पनि मौद्रिक नीति रमग्र रुपमा राम्रो आएको प्रतिक्रीया दिएका छन् । कर्जा प्रवाह बढाउने, २० करोडको क्याप हटाउने जस्ता नीतिले गर्दा शेयर बजारमा पनि राम्रो देखिने रोनियारको भनाइ छ ।

    ‘मौद्रिक नीति पूरा खुलेर नआएको साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले प्रतिक्रिया दिएका छन् ।

    ‘

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ