२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना,जोखिमबाट बच्न विभागको आग्रह

images

सत्कार खबर
  • २०८१ साउन १२, शनिबार
  • 966
    SHARES
  • बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना,जोखिमबाट बच्न  विभागको आग्रह

     काठमाडौं :देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    दिउँसो बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरे राति पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

    बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ