२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मौद्रिक नीतिले निर्माण व्यवासीका समस्या सम्बोधन गर्‍यो : अध्यक्ष सिंह

images

सत्कार खबर
  • २०८१ साउन १२, शनिबार
  • 446
    SHARES
  • मौद्रिक नीतिले निर्माण व्यवासीका समस्या  सम्बोधन गर्‍यो : अध्यक्ष सिंह

    काठमाडौं  : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवासीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताउनु भएको छ ।

    नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक पश्चात  अध्यक्ष सिंहले  मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताउनु भएको हो ।

    मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत ३ वर्षदेखि भोग्दै आएपनि विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन गर्दा आज अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको भनाई छ । 


    सिंहले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशील देखिएको बताउँदै राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशाको किरणका रूपमा लिएको बताउनु भयो ।  निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर आएको मौद्रिक नीति आएको उहाँको भनाई छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ