२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विमान दुर्घटना : एक विदेशी नागरिकबाहेक सबैको शव परिवारले बुझे

images

सत्कार खबर
  • २०८१ साउन १२, शनिबार
  • 786
    SHARES
  • विमान दुर्घटना : एक विदेशी नागरिकबाहेक सबैको शव परिवारले बुझे

    काठमाडौं :सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन्।

    हिजो शुक्रबार ६ र आज शनिबार ११ जनाको शव परिवारले बुझेका त्रिवि शिक्षण अस्पतालमा शव हस्तान्तरणमा खटिएका एक प्रहरी जनाएको छ । 

    प्रहरीका अनुसार अब एक विदेशी नागरिकको शव मात्रै बुझाउन बाँकी छ। विमान दुर्घटनामा ओमानका नागरिक आरेफ रेडाको ​पनि मृत्यु भएको थियो। उनका परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिनेछ। 

     बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेन्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।  घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 

     

     


      

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ