२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गुराँस लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

images

  • २०८१ साउन १३, आइतबार
  • 796
    SHARES
  • गुराँस लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको अधिकांश वित्तीय सूचकमा सुधार देखिन्छ। 

    अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने  यस अवधिमा कम्पनीले २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा कम्पनको नाफा बृद्धि भएको हो । कम्पनीको खुद नाफा १४४९ प्रतिशतले बढेको देखिन्छ।  

    यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६० लाख २५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस अवधिमा ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २३ लाख ७४ हजार रुपैयाँबाट बढेर ३ करोड ६० लाख ४३ हजार रुपैयाँ पुगेको छ । जुन आवको तुलनामा १ हजार ४ सय १८ प्रतिशतले बढेको हो । कम्पनीको खराब कर्जा ६.३६ प्रतिशतबाट घटेर २.४६ प्रतिशत पुगेको छ। 

    कम्पनीको नाफा वृद्धिभएसँगै प्रतिशेयर आम्दानी पनि बढेर २५ रुपैयाँ ६१ पैसा पुगेको छ तथा प्रतिशेयर नेटवर्थ १ सय ४६ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी  १० करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चिती रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ