काठमाडौं: गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्।
आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी पुग्न ४ घण्टाको पैदल हिँडेर पुग्नुपर्ने भएकोले केही समय लाग्ने प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।



