काठमाडौं : आज राति चार प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो।
अन्य स्थानमा मेघगर्जनरचट्याङसहित हलुकादेखि मध्यमसम्म पानी पर्ने पूर्वानुमान गरिएको छ। आगामी २४ घण्टामा भारी वर्षा हुने प्रदेशमा बाढी पहिरोले हुने क्षतिबाट बच्न आवश्यक उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भोलि दिउँसो देशभरकै विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ भने राति कोशी, मधेश, बागमती र गण्डकीका १र२ स्थानमा फाटफुदेखि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



