काठमाडौं : अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ ।अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका हुन् ।
लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेका थिए ।अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।



