काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही पनि नभएको बताउनु भएको छ ।
दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा उहाँले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘अब कोही पनि मान्छे सरकारमा भएको र भीडको कारणले कुनै पनि खालको उन्मुक्ति पाउँदैन । उसकै पार्टीबाट पनि प्रश्न उठ्छ, त्यो संसदमा पनि देख्नुहुन्छ । कुनै छुट हुँदैन । सरकारको परीक्षण पनि यही कुरामा हुन्छ ।’
कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बबताउनु भयो ।
’



