२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एकै दिन बागलुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार, शाखा संख्या ३१३ पुग्यो

images

  • २०८१ साउन १५, मंगलबार
  • 711
    SHARES
  • एकै दिन बागलुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार, शाखा संख्या ३१३ पुग्यो

    काठमाडौँ : प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार बागलुङ जिल्लाको विभिन्न स्थानमा चार शाखा सञ्चालनमा ल्याएको छ । 

    बैंकले सोमबार बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा गरी ४ नयाँ शाखा संचालमा ल्याएको हो ।

    प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको छ ।

    उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष माननिय देवी प्रकाश भट्टचनबाट गरिएको छ ।  प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

    बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुनिक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

    prvu 2.jpg

    prvu.jpg

    prvu.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ