२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायन्सको पक्षमा अदालतको आदेश, आईपीओ निष्कासनको बाटो खुल्यो

images

सत्कार खबर
  • २०८१ साउन १५, मंगलबार
  • 1.1K
    SHARES
  • रिलायन्सको पक्षमा अदालतको आदेश, आईपीओ निष्कासनको बाटो खुल्यो

     काठमाडौं: उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन गर्ने बाटो खोलिदिएको छ ।

    रिलायन्स स्पिनिङलाई आइपीओ जारी गर्ने बाटो उच्च अदालत पाटनले खुला गरेको छ। अदालतमा दर्ता मुद्धामा इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि आईपीओ निष्कासन गर्ने बाटो खुलेको हो। 

    अदालतका न्यायाधीश ध्रुवराज नन्द र विदूर कोइरालाको सोमबारको संयुक्त इजालासले उक्त आदेश जारी गरको हो।  अधिवक्ताद्वय हरिबहादुर केसी र खुशलराम धितालले रिलायन्स स्पिनिङ विरुद्ध मुद्दा दर्ता गरेका थिए।

    केसी र धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एशोसिएट्स चार्टड अकाउन्टेन्टलाई विपक्षी बनाएर उक्त कम्पनीले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तर्राष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेकोभन्दै अदालतमा आईपीओ निष्कासन रोक्न मुद्दा दर्ता भएको थियो। 

    कम्पनीले बुक विल्डिङ विधिको दुरुपयोग गरेको, चालु आर्थिक वर्षको चैत मसान्तसम्मको लेखापरीक्षकले प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरण अन्तर्राष्ट्रिय र राष्ट्रिय लेखामान सिद्धान्तको विपरीत रहेको र कम्पनीको अनुमानित प्रतिशेयर नेटवर्थ प्रक्षेपित विवरण र वास्तविकमा सामञ्जस्य नदेखिएको भन्दै रिट दायर दर्ता भएको थियो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ