२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 राष्ट्र बैंकमा उच्चपदस्थ कर्मचारीहरूको जिम्मेवारी हेरफेर ,को कहाँ पुगे ?

images

सत्कार खबर
  • २०८१ साउन १५, मंगलबार
  • 711
    SHARES
  •  राष्ट्र बैंकमा उच्चपदस्थ कर्मचारीहरूको जिम्मेवारी हेरफेर ,को कहाँ पुगे ?

    काठमाडौं :नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएलगत्तै विभागीय प्रमुखहरू हेरफेर गरेको छ। २ कार्यकारी निर्देशक र २ निर्देशकको जिम्मेवारी फेरबदल गरिएको हो।  यसअनुसार कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सारेको छ।

    यसअघि उहाँ प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । भट्टको ठाउँमा रामु पौडेललाई ल्याइएको छ। डा.भट्ट भने आर्थिक अनुसन्धान विभागमा पुग्नुभएको छ । यस्तै आर्थिक अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीमा रहेका प्रकाश कुमार श्रेष्ठलाई भुक्तानी प्रणाली विभागमा सारेको छ। उहाँलाई बैंकले काजमा राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा पठाएको छ।

     त्यस्तै टक्सार महाशाखामा दरबन्दी रहेका संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक विनोद राज आचार्यलाई काजमा भुक्तानी प्रणाली विभागमा पठाइएको छ। 


    मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोद राज लेखकलाई भने राष्ट्र बैंकले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ