२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शेयर बजार: ३५ अंकले बढ्यो नेप्से, १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

images

सत्कार खबर
  • २०८१ साउन १५, मंगलबार
  • 1.4K
    SHARES
  • शेयर बजार: ३५ अंकले बढ्यो नेप्से, १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार


    काठमाडौं : शेयर बजार आज ३५ अंकले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५५  अंकले बढेर दुई हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ । 

    आज बैंकिङ, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च  अंकले उकालो लागेको छ ।

    आज प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, सञ्जीवनी जलविद्युत्, नेपाल वेयरहाउजिङ, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन एशियन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज तीन सय २९ वटा कम्पनीका चार करोड तीन लाख कित्ता शेयर १७ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ६० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ