२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

खराब कर्जा बढ्दा आत्मनिर्भर लघुवित्तको नाफामा ७१.२६ प्रतिशतले घट्यो

images

सत्कार खबर
  • २०८१ साउन १६, बुधबार
  • 881
    SHARES
  • खराब कर्जा बढ्दा आत्मनिर्भर लघुवित्तको नाफामा ७१.२६ प्रतिशतले घट्यो

     काठमाडौं :आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ । 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तले गत आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म १ करोड ३९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

    अघिल्लो आवमा लघुवित्तको यस्तो नाफा ४ करोड ८६ लाख रुपियाँ थियो । यो अघिल्लो आवको तुलनामा गत आवमा ७१.२६ प्रतिशत कम हो । 

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ११ करोड ९५ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवमा १२ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

    र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ