२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँट हुने,कतिले पाउँछन् शेयर ?

images

सत्कार खबर
  • २०८१ साउन १६, बुधबार
  • 1.1K
    SHARES
  • सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँट हुने,कतिले पाउँछन् शेयर ?

     काठमाडौं :सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज  बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा आज विहान ८ बजे बाँडफाँटको तयारी गरेको जनाएको छ ।

    संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो ।

    एफपीओमा माग भन्दा धेरै आवेदन परेको छ । सीडीएससीको अन्तिम तथ्याङक अनुसार उक्त एफपीओमा १६ लाख ५९ हजार बढीको आवेदन परेको छ ।

    कम्पनीको अन्तिम तथ्याङक अनुसार एफपीओमा १६ लाख ५९ हजार ०७५ आवेदकबाट कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता शेयर खरिद आवेदन परेको छ।

    मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाउनेछन्।

    आवेदन परेको आधारमा उक्त एफपीओमा १६ लाख ५४ हजार ४०३ जनाको हात खाली हुने देखिएको छ ।

    लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ