२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर कारोबारले तोड्यो रेकर्ड, एकै दिन २१ अर्ब ९१ करोडको कारोबार

images

सत्कार खबर
  • २०८१ साउन १६, बुधबार
  • 1.1K
    SHARES
  • सेयर कारोबारले तोड्यो रेकर्ड, एकै दिन २१ अर्ब ९१ करोडको कारोबार


    काठमाडौं : सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ। यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो। सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो।

    बुधबार लगानीकर्ताले २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गर्दा २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई उछिनेको हो।   अघिल्लो पटकको बुलमा अधिकतम २१ अर्ब ६१ करोडको कारोबारले रेकर्ड बनाउँदा नेप्से सूचक २७६० अंकमा पुगेको थियो। 

    बुधबार नेप्से सूचक बढेर उत्साहित बनेका लगानीकर्ताले अन्तिम ४ मिनेटमा करिब १ अर्ब बराबरको कारोबार गरेका छन्। २ः५६ मा २१ अर्बको कारोबार गरेका लगानीकर्ताले ३ बजेसम्म २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार गरे।   

    बुधबार नेप्से सूचक ६४।२५ अंकले बढेर २७६०.९० अंकमा बजार बन्द हुँदा ३ सय ३२ वटा कम्पनीको ५ करोड कित्ता सेयर २१ अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको थियो।  सूचक र कारोबारको वृद्धिले ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ