२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता हुँदा २६२ उद्योग बन्द

images

सत्कार खबर
  • २०८१ साउन १६, बुधबार
  • 716
    SHARES
  • तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता हुँदा २६२ उद्योग बन्द

     काठमाडौं: आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन्। सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन्।

    उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन्। त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन्।

    आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए। सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ। आव २०७९/८० मा ६६ लाख चार हजार एक सय ६५ रूपैयाँ राजस्व संकलन भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ