२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मजदुरले तालाबन्दी गरेपछि सुखीपुर नगरपालिकाको सेवा प्रभावित

images

सत्कार खबर
  • २०८१ साउन १६, बुधबार
  • 1.0K
    SHARES
  • मजदुरले तालाबन्दी गरेपछि  सुखीपुर नगरपालिकाको सेवा प्रभावित

     काठमाडौं :रहाको सुखीपुर नगरपालिकामा स्थानीय मजदुरहरूले ज्याला नपाएको भन्दै छ दिनदेखि तालाबन्दीसहित आन्दोलन गरेपछि सेवा प्रभावित भएको छ ।

    नगरपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका मजदुरले पारिश्रमिक नपाएको भन्दै कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरी धर्नामा बस्दा नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको हो ।

    दैनिक रु छ सय ६७ का दरले पारिश्रमिक दिने सम्झौताअनुसार तीन महिना काम गरे पनि सोअनुसार आफूहरूले पारिश्रमिक नपाएको सुखीपुर नगरपालिका–६ का मजदुर सैदी सदायले बताउँछन् ।

    सदाय जस्तै सुखीपुर–६ की रेखादेवी राम, वडा नम्बर १० की गनिता मोची र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तीन महिना काम गर्दा पनि नगरपालिकाले सम्झौताअनुसार रकम नदिएको मजदुरले बताएका छन् ।

    नगरपालिकामा गुनासो गर्दा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको पीडित गनिता मोचीको भनाई छ  । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ