काठमाडौँ : एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा गरेको छ।
गत साउन १७ गते बसेको फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन १७ गते बुक क्लोज तय गरेको छ । अर्थात, साउन १६ गतेसम्म कायम इकाइधनीहरुले मात्र घोषित लाभांश प्राप्त गर्ने सक्ने छन्।
क्यापिटलले लाभांश पुनः लगानीको योजना पनि प्रस्ताव गरेको छ। जसअनुसार इकाइधनीहरुले आफूले लाभांशबापत प्राप्त गर्ने रकम (कर तथा डीपी शुल्क कट्टीपछिको) पुनः उक्त योजनाका इकाइहरुमा लगानी गर्न सक्नेछन्। यसका लागि इकाइधनीहरुले साउन ३२ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ।तर योजना सहभागी भई नाम दर्ता गराइसकेका इकाइधनीहरुले पुनः आफ्नो नाम दर्ता गराउन नपर्ने भनिएको हो।



