२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध

images

सत्कार खबर
  • २०८१ साउन १७, बिहीबार
  • 691
    SHARES
  • सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध

    काठमाडौं : गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुहुने भएका छ ।

    काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिनु भयो । उहाँले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गराएर उपचार जारी रहने  बताउनु भयो ।

    शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने हुन सक्ने बताइएको छ । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाजमाथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा. थापाले उल्लेख गर्नुभयो । क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चिकित्सकको मेहनतका कारण अवस्था सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्नु भयो ।

    सरकारले उक्त प्रकरणमा छानबिन अघि बढाइसकेकाले दुर्घटनामा बाँचेका एक मात्रै पात्र शाक्यलाई बोल्न रोक लगाएको हो । नियमित परीक्षणका लागि काठमाडौंबाट कम्पनीकै कर्मचारी र प्राविधिक लिएर पोखरा जाने क्रममा उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

    विमान दुर्घटना हुँदा एकजना नाबालक, यमनका नागरिकसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा बाँचेका पाइल शाक्यलाई तत्कालै अस्पताल लगिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ