२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से २८ सय विन्दु पुगेर फर्कियो, २१ अर्ब ७१ करोडको कारोबार

images

  • २०८१ साउन १७, बिहीबार
  • 1.1K
    SHARES
  • नेप्से २८ सय विन्दु पुगेर फर्कियो, २१ अर्ब ७१ करोडको कारोबार

    काठमाडौं : शेयर बजारमा सामान्य गिरावट आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य गिरावट आएको छ । बिहीबार इन्ट्रा डे कारोबारमा २८०५.३५ बिन्दु पुगेको बजार घटेर २८ सय बिन्दु भन्दा तल झरेको छ । बजार ५.२९ अंकले घटेर परिसूचक २७५५.६२ बिन्दु कायम भएको छ ।

    ३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ । ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ ।

    कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन तथा प्रशोधन ८३.४६, माइक्रोफाइनान्स ४४.९६, ट्रेडिङ समूहको १३३.९३, अन्य समूहको उपसूचक ४.६७ अंकले घटेको छ ।

    कारोबारमा वित्त ६२.११, होटल २६.०२, जीवन बिमा ४७४.७२, निर्जीबन बिमा समूहको उपसूचक २३१.५० अंकले बढेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ