२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी बैंकले ल्यायो एकल अंकमै ५ करोडसम्म कर्जा योजना

images

  • २०८१ साउन १७, बिहीबार
  • 786
    SHARES
  • महालक्ष्मी बैंकले ल्यायो एकल अंकमै ५ करोडसम्म कर्जा योजना

    काठमाडौँ : महालक्ष्मी विकास बैंकले कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय र व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप र पुर्ननिर्माण र मर्मत सम्भार गर्न न्यूनतम २ देखि अधिकतम ३० वर्ष अवधिका लागि ५ करोडसम्मको कर्जा दिने बैंकले बिहिबार प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।


    यस्तै, साना तथा मझौला व्यवसायीको माग सम्बोधन गर्न बैंकले १ देखि १५ वर्ष अवधिसम्मका लागि ९.९९ प्रतिशत ब्याजदरमा व्यावसायिक कर्जा योजना ल्याएको छ। विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ सो बराबरको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ।

    ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। विद्युतीय बाहेकका सवारीमा भने ग्राहकले कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा पाउनेछन्। कर्जाका लागि क्यूआरमार्फत् निवेदन दिन सकिने बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ