२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई गम्भीर घाइते

images

सत्कार खबर
  • २०८१ साउन १९, शनिबार
  • 501
    SHARES
  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई गम्भीर घाइते


    काठमाडौं: इलाममा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।   झापाबाट आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ स्थित गरुवा खोलाको पुलमा शनिबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो। 

    तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नगरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिनु भयो । 

    मोटरसाइकल चालक माई नगरपालिका(१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ