काठमाडौं: खुद ब्याज आम्दानीमा गिरावट र नोक्सानी व्यवस्थामा भारी वृद्धिले सिटिजन्स बैंकको वित्तीय विवरण कमजोर देखिएको छ ।
गत आर्थिक वर्ष अघिल्लो आवभन्दा १४ करोड रुपैयाँ कम खुद ब्याज आम्दानी र ५५ करोड रुपैयाँ नोक्सानी व्यवस्था थप गर्दा बैंकको खुद नाफा २८ प्रतिशत अर्थात् ५२ करोड रुपैयाँ कम भएको हो । बैंकले आव २०७९र८० मा १ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गरेकामा आव २०८०र८१ मा १ अर्ब ३४ करोड २५ करोडमात्र खुद नाफा गर्न सकेको हो ।
बैंक आव २०८०र८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक हो । शनिबार बिहान प्रकाशित विवरणअनुसार सिटिजन्सको वितरणयोग्य नाफा ४.३४ प्रतिशतमात्र छ ।



