२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रातो मच्छिन्द्रनाथको दर्शन गर्न ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो

images

सत्कार खबर
  • २०८१ साउन १९, शनिबार
  • 811
    SHARES
  • रातो मच्छिन्द्रनाथको दर्शन गर्न  ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो

     काठामडौं : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न  ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो लागेको छ ।

    आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथबाट भात चढाएर विशेष पूजा गरिन्छ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने चलन छ । पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ ।

    नेपाल भाषामा जा भनेको भात र व्हला भनेर छर्किने हो । त्यसरी भात छर्किने ठाउँ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ । मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ ।

    विहीबार रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएकोले भोलि भोटो जात्रा हुने तय भएको हो ।रथ जावलाखेल पुर्‍याइएको चार दिनमा भोटो देखाइने परम्परा छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ