२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

images

सत्कार खबर
  • २०८१ साउन २०, आइतबार
  • 626
    SHARES
  •  रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


    काठमाडौं :वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट  तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो। 

    आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।

    १ हजार ३ सय वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुने गर्दछन्। 

    मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ।भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ