२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 स्ट्यान्डर्ड चार्टर्डको नाफा तीन अर्ब ३० करोड, प्रतिशेयर आम्दानी कति  ?

images

सत्कार खबर
  • २०८१ साउन २०, आइतबार
  • 731
    SHARES
  •  स्ट्यान्डर्ड चार्टर्डको नाफा तीन अर्ब ३० करोड, प्रतिशेयर आम्दानी कति  ?


    काठमाडौं :स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म ३ अर्ब ३० करोड ८९ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ४.५१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड रुपियाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फी तथा कमिसन आम्दानी १०.२७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको असार मसान्तसम्म बैंकको यस्तो आम्दानी १.६६ रुपियाँले घटेर ३५.९ रुपियाँमा सीमित भएको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ