काठमाडौं :दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्।
शनिबार राति ८ बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही( १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



